नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने
केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्ने
काठमाडाैं | जेठ १३, २०८१
काठमाडौं: नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।
संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो ।
पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ ।
लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ ।
नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

