कांग्रेसलाई पेलेरै सरकारले पारित गर्यो नीति तथा कार्यक्रम
काठमाडाैं | जेठ १३, २०८१
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे।
गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा वाचन गरेका थिए ।
तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन । यसअघि जेठ ८ मा कांग्रेसको अवरोधबीच नै धन्यवाद प्रस्ताव पारित भएको थियो ।
नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम पारित गरेपछि अब यही बुधबार बजेट ल्याउँदैछ ।
नीति तथा कार्यक्रम माथिको छलफलमा सत्ता पक्षका नेता, अर्थमन्त्री वर्षमान पुन तथा प्रतिपक्षी नेता प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र भाग लिए ।
यद्यपि आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् । तर उनले त्यसो भने पनि कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको दाहाले बताए ।
सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।
सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

