अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी
पाेखरा | जेठ १३, २०८१
पोखरा: गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह विजयी बनेको छ ।
पोखरा २६ स्थित ब्ल्याक होल (द्यबिअप ज्यभि) फुटसलमा भएको फाइनल खेलमा दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूहलाई हराउदै चौथो सेमेस्टर प्रथम बनेको हो ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको समूहलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष फुटसल प्रतियोगितासँगै हाजिरी जवाफ प्रतियोगिता र वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
शिक्षालयले विद्यार्थीको शैक्षिक स्तरमा सघाउ पुग्ने बताउदै विभिन्न प्रतियोगिता गर्दै आएको छ ।
हाल शिक्षालयमा डिप्लोमा तहका सिभिल, अटोमोवाइल इन्जिनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

