गायक विनोद वानियाँ बेलायत जाँदै, सहाराले गर्यो बिदाइ
पाेखरा | जेठ १२, २०८१

पोखरा: गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् ।
पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ ।
गोर्खा कप आफ्टर पार्टीु उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एण्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।
जुन १ तारिख अल्टरसट लण्डनमा ुमेलोडी विथ विनोद वानियाँु कार्यक्रम हुनेछ । सहारा यूकेको सपोर्टमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दैछन् । कार्यक्रम बेलुका ७ बजेबाट बिहान १ बजेसम्म चल्नेछ । दुवै कार्यक्रममा सहभागी भएर रमाउन लण्डनमा रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।
यसैबीच गायक वानियाँलाई पोखराको सहारा क्ल्बले एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । उनी खेल गीत मार्फत समेत चर्चामा छन् । उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको रहेको थियो । जुन गीतले सहारा क्लबलाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्यो । क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले क्लब र वानियाँको सहकार्य लगायतको विषयमा बोलेका थिए । बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल सहित पूर्वअध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी बने ।
विदाइ कार्यक्रममा बोल्दै गायक वानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए । सहकार्यको सुरुवात देखि हालसम्म क्लबले गरेको साथ सपोर्टप्रति आभार व्यक्त गरे । ुक्लबको सदस्यको रुपमा गरेको माया र सद्भावना दुतको रुपमा गरेको बिदाईले थप उत्साह थपेको छु उनले भने ।
२०५७ सालमा ुमाया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका वानियाँको पहिलो एलबम थियो ुमान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । वानियाँले नेपाली फिल्म ‘दयारानी’ मा गाएको गीत समेत चर्चामा छ ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...