प्रतिपक्ष दल उपस्थित नभएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित
पाेखरा | जेठ ११, २०८१
पोखरा: प्रतिपक्षी दल कांग्रेस र राप्रपा उपस्थित नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिष्कार गरेको छ । राप्रपा पनि विभिन्न काम देखाएर संसद्मा उपस्थित भएन ।
बैठक केहीबेर बसेर १५ गतेका लागि स्थगित भएको हो । कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मत संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दिएको छ । सर्वोच्चले जेठ १४ गतेका लागि पेशी तोकेको छ ।
शुक्रवारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची थियो । सभामुख कृष्ण धितालले प्रदेश प्रमुख कार्यालयको पत्र पढेर सुनाएका थिए । त्यसपछि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं: देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ । द...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाड...
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बेंसीशहर नग...

