पोखरा २६ का महिलालाई ब्युटिसियन तालिम
पाेखरा | जेठ ९, २०८१
लेखनाथ: पोखरा महानगरपालिका २६ ले संचालन गरेको ब्युटिसियनसम्बन्धि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायीक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।
वडाध्यक्ष थापाले महिला दिदीबहिनीहरुकै माग अनुसार सौन्दर्य सम्बन्धि तालिम प्रदान गरिएको स्पष्ट पार्दै तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।
अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि सिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै साबुन बनाउने तालिम समापनको संघारमा रहेको बताए ।
पोखरा महानगरपालिका २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।
४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

