पोखरामा बाइक मोडिफाई गरेर ध्वनी आतंक मच्चाउने मनिष पक्राउ

पाेखरा | जेठ ९, २०८१

पोखरामा बाइक मोडिफाई गरेर ध्वनी आतंक मच्चाउने मनिष पक्राउ

पोखरा:   कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडिफाई) ध्वनी आतंक मच्चाउँदै हिडेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मुस्ताङ स्थायी घर भई हाल पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २१ वर्षीय मनिष सिस्तेल रहेका छन् ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मोडिफाई गरिएको बा १० प ५२२८ नम्बरको क्रसफायर मोटारसाइकलसहित मंगलबार बेलुकी साढे ६ बजे गैह्रापाटनबाट पक्राउ गरिएको हो ।

 

उनले गैह्रापाटन क्षेत्रमा क्रसफायरलाई मोडिफाई गरी चर्काे आवाज आउने गरी पड्काउँदै हिडेको भन्ने कास्की प्रहरीलाई प्राप्त सूचनाको आधारमा खोजतलास गरिएको थियो । 

 

त्यसपछि उनलाई विशेष टोलीले पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 

कास्की प्रहरीका प्रमुख मोहन कुमार थापाले यसअघि नै सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसेको छ । 

 

पोखरामा स्वरुप परिवर्तन गरी अत्याधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा सरोकारवालाहरुलाई (वर्कसप संचालक, रिकन्डिसन हाउस संचालक) लिएर स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

सो समयमा एसपी मोहन कुमार थापाले मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन सम्म थुन्नेसमेत बताएका थिए ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्