रामघाटबाट ड्रग्ससहित धनबहादुर, सन्दीप र नितेश पक्राउ
पाेखरा | जेठ ७, २०८१
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका ११ रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा ९ बस्ने २७ वर्षीय सन्दीप मिजार र पोखरा १४ बस्ने१८ वर्षीय नितेश लामा रहेका छन् ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रामघाटबाट फक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजापाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल गरी कुल २६१ एम्पुल लागूऔषध र २ मोबाइल बरामद गरिएको छ ।
पक्राउ परेको उनीहरुविरुद्ध लागूऔषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

