पामेका अनधिकृत संरचनामा पोखरा महानगरको डोजर
पाेखरा | बैशाख २४, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ ।
मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो ।
पोखरा २४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।
यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र राम कुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ ।
सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण निज राम कुमारी सुवेदी र कृष्ण प्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

