वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो बलियो लक्ष्य

काठमाडाैं | बैशाख २२, २०८१

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो बलियो लक्ष्य

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । 


वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।  


नेपाललाई पहिलो सफलता सागर ढकालले दोस्रो ओभरमै दिलाए । पहिलो विकेटका रुपमा कडिम अलेइनलाई ६ बलमा ११ रन बनाएर पेभेलियन फर्काउन रोहित पौडेलले सानदार क्याच गरे । 


पहिलो विकेट पछि केहि सम्हालिएको वेस्ट इन्डिज ‘ए’ को थप दुई विकेट सागरले नै आठौ ओभरमा लिए । सो ओभरको पहिलो बलमा नै जोनसन चार्ल्स २० बलमा २४ रन बनाएर सागरद्वारा कट एण्ड बोल्ड आउट भए । सोहि ओभरको तेस्रो बलमा मार्क डेयाल पनि पेभेलियनको बाटो लागे । डेयाल सुस्त इनिङ खेल्दै १९ बलमा ११ रन बनाएर रोहितद्वारा क्याच आउट भए । 


चौथो विकेटका लागि ४४ रनको साझेदारी गरिसकेपछि कप्तान रोस्टन चेज अविनाश बोहोराको शिकार बने । १४औ ओभरमा चेज २३ बलमा ५ चौकासहित ३३ रन बनाएर सन्दिप जोराद्वारा समातिए ।   


पाचौ विकेट सोमपाल कामीको १७औ ओभरमा म्याथ्यु फोर्डको रुपमा आयो । फोर्डले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ छक्कासहित २३ रन बनाएर कुशल भुर्तेलको हातबाट लङ(अनमा क्याच आउट भए ।


छैठौं विकेट पनि सोमपालकै नाममा रह्यो । १९औ ओभरमा फेबियन एलेन ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए । तीन बलको अन्तरालमा सोमपालले गुडकेश मोतीलाई १ रनमा बोल्ड गरे । अथान्जे ४२ र हेडन वाल्श ७ रनमा अविजित रहे ।


नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए । 


३ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले महंगो सावित हुंदै ३९ रन दिएर कुनै विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन खर्चिए । कुशल भुर्तेलले भने ४ ओभरमा कुनै विकेट नलिएपनि २५ रन मात्र दिन सफल रहे ।     


नेपालले पाँच खेलको सिरिज ३(१ ले गुमाइसकेको छ । नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।


दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।


तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । चौथो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो ।


नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् ।


वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् ।


विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्