इलाम-२ उपनिर्वाचन: नेकपा एमालेका सुहाङ विजयी

इलाम | बैशाख १८, २०८१

इलाम-२ उपनिर्वाचन: नेकपा एमालेका सुहाङ विजयी

इलाम:     इलाम प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी हुनुभएको छ । 


निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।


अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।


एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । सुहाङ सुभाष नेम्बाङ्गका कान्छा छोरा हुनुहुन्छ । २०४६ सालमा काठमाडौंमा उहाँको जन्म भएको हो । उहाँ कानूनमा स्नातक उत्तिर्ण हुनुहुन्छ ।


सुहाङ नेम्बाङ्गलाई उपनिर्वाचनमा नेकपा एमालेले नेकपा माओबादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उम्मेद्वारका रुपमा इलाम(२ मा उम्मेद्वार बनाएको थियो ।


यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित हुनुभएको थियो ।


उपनिर्वाचनको मत परिणामअनुसार पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगीमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । पहिचान पक्षधर केहि राजनैतिक दल र संगठन सहित ४२ घटकहरुको समर्थन रहेको थियो ।


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिले चौथो स्थान प्राप्त गरेको छ । घण्टी चुनाव चिन्हमा ५ हजार ५० मत प्राप्त भएको छ । उपप्रधानमन्त्री एवम् गृहमंत्री रवि लामिछाने अध्यक्ष रहेको यो पार्टीले पत्रकार मिलन कुमार योङ्गहाङ्ग लिम्बुलाई उम्मेद्वार बनाएको थियो ।


गत शनिबार उपनिर्वाचन भएको थियो । १२ राजनैतिक दल सात स्वतन्त्रसहित १९ जना उम्मेद्वारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ को उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्