जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित
काठमाडाैं | बैशाख १७, २०८१
काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तीमा एक तिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी विभिन्न जातिय/सामाजिक समूहबाट समावेशी हुने गरी निर्वाचन गर्ने प्रावधान राखेको छ ।
यसैगरी स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले प्रतिनिधि निर्वाचन गराउन आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने भएको सो पार्टीले जनाएको छ ।
प्रतिनिधि छनोट भएपछि आगामी जेठ १५ गतेसम्म सङ्गठन विभागले अभिलेखीकरण गर्ने र केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूची प्रकाशन गर्ने बस्नेतले बताउनुभयो । सो पार्टीको महाधिवेशन आउँदो जेठ २० देखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
काठमाडौं: धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयार...
सप्तरी: सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन । पुल नबन्दा यस क्षेत्...
पोखरा: पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्...