चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा
काठमाडाैं | बैशाख ५, २०८१
काठमाडौंः परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।
सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।
सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो ।
सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

