सकियाे 'स्टार्स समर क्याम्प -२०८०'

पाेखरा | चैत ३०, २०८०

सकियाे 'स्टार्स समर क्याम्प -२०८०'

पोखरा:  तेस्रो संस्करणको स्टार्स समर क्याम्प २०८० बुधवार समापन भएको छ ।

 

स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिब ३५ भन्दा बढी बालबालिका सहभागी भएको कुरा आयोजकले बताए ।

 

परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कुरा कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।

 

कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको कुरा गुरुङले बताइन् ।

 

लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब सहभागी भएकी थिइन्। एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको कुरा बताइन्।

 

१० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरियो । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।

 

कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् ।

 

"कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो ।" उनले भनिन्, " त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो। " उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुई पटक गर्ने जनाइन् ।

सङ्खुवासभा:  सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले  करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट ल...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ब...

थप पढ्नुहोस्

तनहुँ: तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो ।  सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक ...

थप पढ्नुहोस्