युनाइटेड क्लबको साताव्यापी कार्यक्रम: समाग्री वितरणदेखि रक्तदानसम्म

पाेखरा | चैत ३०, २०८०

युनाइटेड क्लबको साताव्यापी कार्यक्रम: समाग्री वितरणदेखि रक्तदानसम्म

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल यूनाइटेड क्लब पोखराले१४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ । 

 

२०६७ बैशाख ७ गते स्थापना भएको सो क्लबले १४ औँ वार्षिकोत्सवको अवसर पारी यही बैशाख १ गतेदेखि ७ गतेसम्म साताब्यापी कार्यक्रमको घोषणा गरेको महासचिव दिनेश सुनारले जानकारी दिए ।

 

उनका अनुसार पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले नयाँ वर्षको दिन (१ गते) मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रमको आयोजना गर्नेछ ।

 

यस्तै २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद समाग्री वितरण गर्नै कार्यक्रम छ ।

 

वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक समाग्री वितरण कार्यक्रम छ । 

 

त्यसैगरी ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन वितरण, ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, ६ गते पोखरा १५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना हुनेछ ।

 

क्लबले वार्षिकोत्सवको अवसरमा हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म साताव्यापी कार्यक्रम गर्दै आइरहेको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्