जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
कैलाली | चैत २७, २०८०
सांकेतिक तस्वीर
कैलाली: जंगली हात्तीको आक्रमणमा परेर आज टीकापुरमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५ की जसुदा बटाला रहेकी छन ।
उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।
यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

