हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

पाेखरा | चैत २०, २०८०

हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

पोखरा:    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ ।


‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।


महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।  कुल १ सय ४०  स्टल मध्य  ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । 


स्थानीय पासको लागि रु २५० मा दिउँसोको कार्यक्रम तथा रु ५०० मा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा प्रतिकेजी रु।३८ देखि ४० का बीचमा आलुको कारोवार हुने छ ।


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।

 
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्