पर्वतमा एक दम्पती मृत फेला, हत्याको आशंका

पर्वत | चैत २०, २०८०

पर्वतमा एक दम्पती मृत फेला, हत्याको आशंका

पर्वत:    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् । 


अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए । 


उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्