तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी विवश घाइते
मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै
पाेखरा | चैत २०, २०८०
पोखरा: तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् ।
तनहुँको भिमादमा जारी स्थानीय प्रतियोगिता खेलेर हिजो (सोमबार) घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आलेमगर घाइते भएका हुन् ।
घाइते भएका आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेशका भलिबल प्रशिक्षक रमेश केसीले जानकारी दिए ।
‘गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको खबरपछि हामी अस्पतालमा गएका थियौं’, प्रशिक्षक केसीले भने, ‘खेलाडी आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था नर्मल नै भन्नुभएको छ ।’
उनका अनुसार घाइते आलेमगरको रिर्पोट नर्मल नै देखिएको छ ।
‘अस्पतालमा उपचारत खेलाडी आलेमगरको रिपोर्ट आइसकेको छ । अवस्था नर्मल नै भन्नुभएको छ्, उनले भने, ‘हामी बिहान ४ बजे मात्र कोठामा फर्किएका हौं । भाईलाई केही दिन अस्पतालमै राखेर थप उपचार गर्छौ ।’
प्रदेश खेलकुद परिषद् बागमतीले चितवनको भरतपुरमा चैत २४ देखि २६गतेसम्म आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि जनाउन गण्डकी प्रदेश भलिबल संघले विवश आलेमगरसहित हरि पाण्डेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।
चिकित्सका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका आलेमगरले एक महिना आराम गर्नुपर्ने भएपछि उक्त प्रतियोगिता गुमाउने छन् । विवश गण्डकीको भलिबल टिमका महत्वपूर्ण खेलाडी हुन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

