पोखरामा थालियो १९ औं फेवा नववर्ष महोत्सवको तयारी
पाेखरा | चैत १९, २०८०

पोखरा: नेपाली नयाँ वर्षको अवसरमा पोखरामा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव हुने भएको छ ।
होटल संघ पोखराको आयोजनामा हुने सो महोत्सवबारे पोखरामा आज पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो ।
होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त महोत्सव यही चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना हुने बताए ।
उनले सो महोत्सवपश्चात आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास रहेको बताए ।
उनका अनुसार सो महोत्सव पोखराको खहरेचोकदेखि ड्यामसाइडचोकसम्म सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइनेछ । उनले उक्त सडकखण्डका विभिन्न चौतारीमा नेपालीपन झल्किने खालका बाजागाँजासहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने बताए ।
उनले विशेषगरी नेपाली समुदायमा प्रचलित मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको उल्लेख गरे ।
सो महोत्सवमा करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।
महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी ¥याली, पर्यटक दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिने छ ।
सो अवसरमा होटल संघ पोखरामा आवद्ध होटलहरुमा महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको संघले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...