रेडियो अन्नपूर्णको रक्तदानमा २ सय ७ युनिट रगत संकलन

पाेखरा | चैत १८, २०८०

रेडियो अन्नपूर्णको रक्तदानमा २ सय ७ युनिट रगत संकलन

पोखरा:     रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रबाट २ सय ७ युनिट रगत संकलन भएको छ ।
 

नयाँ रक्तदातालाई रक्तदान प्रति पे्ररित गर्ने उद्देश्यर्ले स्वास्थ्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजना गरेको २२ औं संस्करणको रक्तदानबाट २ सय ७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।
 

कार्यक्रममा नयाँ रक्तदाताको उल्लेखनीय सहभागिता रहेको थियो । ८० जना नयाँ रक्तदाता, १ सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका छन् । रेडियोले आफ्नो स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले बताए ।
 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता विजया सापकोटालाई संयुक्त रुपमा ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रजापतिले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गरे ।
 

रेडियोका अध्यक्ष पालिखेले रेडियोले वार्षिक रुपमा रक्तदान गर्दै आइरहेको र यसलाई निरन्तरता दिइरहने बताए । 

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्