पाल्पामा भरुवा बन्दुकसहित ४ जना पक्राउ
पाल्पा | चैत १४, २०८०
तस्बिर फाइल
पाल्पा: पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिंडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्ग्ढीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रैनादेवी छहरा(७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका(५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक जनालाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

