कपडाको चप्पल बनाउने तालिम सम्पन्न
पाेखरा | असार १७, २०७९
सांकेतिक तस्बिर
पोखरा : गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा शिक्षालयको स्वीकृत पाठ्यक्रममा आधारित रहेर ६० घण्टाको उक्त तालिममा स्थानीय २० महिलाको सहभागिता थियो ।
शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमको आवश्यता औँल्याउँदै शिक्षालयले बजारमा माग भएबमोजिमको दक्ष जनशक्ति र उत्पादनमा जोड दिन तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा तीनमहिने मोटरसाइकल रिपेयरिङ तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइकटाइ तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लमबिङ तह एकका तालिम सञ्चालन भइरहेका छन् ।
तालिममा छनोट भएका सहभागीलाई कुनै शुल्क लाग्ने छैन भने तालिममा प्रयोग हुने सामग्री पूर्ण व्यवस्थापन गरिने छ । तीन सय ९० घण्टे तालिमका लागि भने सीप परीक्षण परीक्षा अनिवार्य गरिएको छ ।
पोखरा महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, बुटिक एशोसिएशनलगायतका सङ्घ सस्थासँग समझदारी गरिएको कार्यक्रम व्यवस्थापक सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँले टोलसँग समन्वय गरेर तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका नगरसभा सदस्य तनुजा थापाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनका लागि पोखरा –१४ ले सहजीकरण गर्ने बताउनुभयो । तालिममा भवानी टोल महिला समूहका अध्यक्ष कल्पना कार्की, पोखरा महानगरपालिका नगरसभा सदस्य दिलकुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालय कर्मचारी अस्मिता खनाल र सहभागीहरू जानुका केसी, लक्ष्मी रानाभाटलगायतले तालिमका बारेमा आफ्नो धारणा एवं अनुभव राख्नुभएको थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

