नेकोस खेल महोत्सवको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने, मैत्रीपूर्ण खेलमा मिडियाकर्मी विजयी
पाेखरा | चैत २, २०८०

पोखरा: लेखनाथको भण्डारढिकमा भोलि (शनिबार) देखि हुने खेलमहोत्सवको तयारी पूरा भएको छ । सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भोलिदेखि ११ गतेसम्म लेखनाथमा हुने सूर्य तारा (नेकोस) खेल महोत्सवको तयारी पूरा भएको नेकोस गण्डकीका अध्यक्ष तथा संयोजक विष्णु पुनले जानकारी दिए ।
उनका अनुसार सो खेल महोत्सवका उद्घाटन बिहान साढे ११ बजे लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने छन् ।
उनले राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय तेकवान्दो प्रतियोगिता, विभिन्न जातिका भाmँकी प्रदर्शन प्रतियोगिता र क्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन हुने बताए । अध्यक्ष पुनका अनुसार फुटबलतर्फ आयोजक नेकोस र त्रिशक्ती युवा क्लब माछापुच्छ्रेबीच उद्घाटन खेल हुनेछ ।
आगामी ११ गतेसम्म सञ्चालन हुने महोत्सवले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रचारमा सघाउ पुग्ने आयोजकको विश्वास छ ।
सो खेल महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता समावेश गरिएको छ ।
यस्तो छ, खेल तालिका
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।
खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फविजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि रहेको छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्को साथ रहेको छ । महोत्सवको प्रचारप्रसारकै क्रममा आयोजक नेकोस र मिडियाकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । सो खेलमा मिडियाकर्मीको टोलीले आयोजकलाई ८–५ गोल अन्तरले पराजित गरेको थियो ।
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ...
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्...