आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
काठमाडाैं | फागुन २९, २०८०
काठमाडौं: आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ ।
बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।
अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।
नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।

रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

