माझी राष्ट्रिय गीतको लोकार्पण
काठमाडाैं | फागुन १९, २०८०
काठमाडौं: माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।
माझी चलचित्र कर्मी संघले शनिबार काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।
सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव नायक यमन माझीले संगित गरेका हुन ।
सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन ।
उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका)को अध्यक्षता सम्पन्न भएको हो ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

