जिरो किमीको जुवाखालबाट ९४ हजारसहित ९ जुवाडे पक्राउ

पाेखरा | फागुन १८, २०८०

जिरो किमीको जुवाखालबाट ९४ हजारसहित ९ जुवाडे पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ ।

 

कास्की प्रहरीले बिहीबार पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद रु ९४ हजार ४० र ३ बुक ताससहित पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा  पोखरा ५ बस्दै आएका म्याग्दीको धौलागिरी गाउँपालिका–१ का ५१ वर्षीय पदम लामासहित ९ जना रहेका छन् । 

 

पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्