कास्कीको मादीमा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी ३ लाख
पाेखरा | फागुन ९, २०८०

पोखरा: कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसमा प्रथम पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
गाउँपालिकाले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म मादी–३ याङ्जाकोटमा कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबलसँगै विविध कार्यक्रम गरेर गाउँपालिका स्थापना दिवस मनाउन लागेको बताए ।
‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष गुरुङले, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न विविध कार्यक्रम आयोजना गरेको छौं ।’
उनका अनुसार फागुन २७ देखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने पालिकाले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पालिकाले स्थापना दिवसको अवसरमा पालिका भित्र कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । हाजिरी जवाफ प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पालिकाले स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारी र जेष्ठ नागरिकहरु मध्येबाट ग्राम पिता र मातालाई सम्मान गर्ने जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...