‘कथा हाम्रो व्यथा पुर्खाको’ बोकेर पोखरा आइपुगे निर्देशक चाम्स

पाेखरा | माघ २६, २०८०

‘कथा हाम्रो व्यथा पुर्खाको’ बोकेर पोखरा आइपुगे निर्देशक चाम्स

पोखरा:    फागुन ११ गतेदेखि नेपाली हलमा प्रदर्शन हुन लागेको गोर्खा वारियर फिल्मी निर्माता टोली प्रचारप्रसार गर्दै आज (शुक्रबार) पोखरा आइपुगेको छ । 


‘कथा हाम्रो व्यथा पुर्खाको’ गोर्खा वारियरको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक मिलन चाम्स प्रचारप्रसार गर्न देश दौदहामा निस्किएका हुन् । 


शुक्रबार पोखरा आइपुगेका गोर्खा वारियरका निर्देशक मिलन चाम्सले पत्रकारहरुसँग गफिदै करिव ७० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरिएको सुनाए । 


‘कथा हाम्रो व्यथा पुर्खाको हो । गोर्खालीहरुको करिव २ सय ९ वर्षको इतिहाससँग जोडिएका धेरै विरताका कथाहरु छन्, यो करिव सातौ पुस्ताको कथालाइ चलचित्रमा समावेश गरेका छौं, निर्देशक चाम्सले भने, ‘जंगलवारको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित करिव ७०÷८० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरेका छौं ।’


नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार चलचित्र भएको निर्देशक चाम्सले बताए । ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार मुभी, यता बित्रिसमा हेर्ने हो भने त जंगलवार पहिलो मुभी हो ।’ उनले भने । 


उनले जंगलवारमा गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगको दुःख कष्ट  र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरेकोसमेत बताए ।


‘गोर्खा वारियर चलचित्रमा पुर्खाको कथालाई समावेश गरेका छौं । गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र परिवेशलाई समेटेका छौं, उनले भने, ‘यस सिनेमाले आम नेपाली जनता यो देशको रक्षक हौं भन्ने विषय समेटेको छ, सिनेमा मात्र बोल्दैन, कल्चर मात्र बोल्दैन ।’

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...

थप पढ्नुहोस्

 पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

थप पढ्नुहोस्

पोखरा:  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ ।  परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका व...

थप पढ्नुहोस्