भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सोलुखुम्बु | माघ २५, २०८०

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सोलखुम्बु:     सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्