जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती सप्ताहव्यापी कार्यक्रम गरि मनाइँदै
काठमाडाैं | असार १४, २०७९
काठमाण्डौँ : नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदै छ ।
जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई सप्ताहव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ ।
फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद : राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

