सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्न नागरिक समाजको माग
पाेखरा | असार १३, २०७९
पोखरा : पोखरा महानगरपालिका ३ पालिखेचोक स्थित निर्माणाधिन फल्चाको सवाललाई मध्यनजर गर्दै नागरिक समाज कास्कीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जाति विशेष तथा धार्मिक सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनौट गरि मापडण्ड अनुसार सम्पदाहरु निर्माण गर्नुपर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई नागरिक समाज कास्कीका अध्यक्ष गोकुल बहादुुर कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडकको स्तरोन्नती गरिएको पाखिलेचोकमा फल्चा निर्माण भइरहेकोले उचित स्थान छनौट गर्नुपर्नै ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘पालिखेचोकमा सडक चौडा गर्ने उद्देश्यले त्यहाँ रहेका केही पुराना घरहरुको मुआब्जा बुझाई हटाइएको स्थानमा यो वा त्यो बहानामा संरचना निर्माण गरिनु तत्कालिन समयमा त्यहाँ रहेका घरधनिहरुको अपमान हो भने नालामुख र ज्ञानमार्ग तर्फको बजार विस्तारमाथी अवरोध पुर्याउनुको साथै सडक चौडा गर्दाको भावना, मर्म र उद्देश्य विपरित कार्य हो भन्ने हाम्रो ठहर छ । पत्रमा लेखिएको छ, त्यस्ता सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्दा राम्रो हुने कुराप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

