पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गरेको आरोपमा राजकुमार प्रकाउ

पाेखरा | माघ १५, २०८०

पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गरेको आरोपमा राजकुमार प्रकाउ

पोखरा:      पोखरामा एनएमबी बैंकको एटिमएम तोडफोड गरेको आरोपमा प्रहरीले राजकुमार भन्ने टिकाराम पौडेललाइ प्रकाउ गरेको छ  । पोखरा–५  जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा राजकुमारलाई प्रहरीले हिजो (सोमबार) प्रकाउ गरेको हो । 


पैसा चोरी उद्धेश्यले पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई प्रकाउ गरेको हो । 


कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थायी घर भई पोखरा १७ विरौटा बस्दै भएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रकाउ परेका हुन् । 


प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयक कास्कीले जनाएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्