दयाहाङ र दीयाको फिल्म ‘दयारानी’ को ट्रेलर (भिडिओ)
काठमाडाैं | माघ १५, २०८०
काठमाडौं: माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ।
बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्।
यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

