बागलुङ तेस्रो लखन कप भलिबल हुँदै
पाेखरा | माघ ११, २०८०
पोखरा: नेपाल मगर संघ बागलुङले फागुन ११ देखि १५ गतेसम्म तेस्रो लखन कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङमा फागुन ११ देखि १५ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भबिल लगायतका विविध कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष प्रकाश थापामगरले बताए ।
‘नेपाल मगर संघको स्थापना दिवसको अवसरमा हामीले तीन वर्ष यता प्रथम शहिद लखन थापा मगरको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौं’, थापामगरले भने, ‘यसवर्ष तेस्रो लखन कप फागुन ११देखि १५ गतेसम्म सञ्चालन गर्दै छौं ।’
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१, उपविजेता हुने समूहले ४१ हजार १ सय ४१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिलातर्फ पालिकास्तरीय भलिबलको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपाल मगर संघ बागलुङका कोषाध्यक्ष थापा मगरले तेस्रो लखन कपमा ताराखेल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता (मगर संस्कृति भित्रका गीत) र रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र घैटोफोड प्रतियोगिता आयोजना गरेको बताए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

