बागलुङ तेस्रो लखन कप भलिबल हुँदै
पाेखरा | माघ ११, २०८०
पोखरा: नेपाल मगर संघ बागलुङले फागुन ११ देखि १५ गतेसम्म तेस्रो लखन कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङमा फागुन ११ देखि १५ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भबिल लगायतका विविध कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष प्रकाश थापामगरले बताए ।
‘नेपाल मगर संघको स्थापना दिवसको अवसरमा हामीले तीन वर्ष यता प्रथम शहिद लखन थापा मगरको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौं’, थापामगरले भने, ‘यसवर्ष तेस्रो लखन कप फागुन ११देखि १५ गतेसम्म सञ्चालन गर्दै छौं ।’
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१, उपविजेता हुने समूहले ४१ हजार १ सय ४१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिलातर्फ पालिकास्तरीय भलिबलको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपाल मगर संघ बागलुङका कोषाध्यक्ष थापा मगरले तेस्रो लखन कपमा ताराखेल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता (मगर संस्कृति भित्रका गीत) र रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र घैटोफोड प्रतियोगिता आयोजना गरेको बताए ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

