हेमजा गोल्डकपमा क्यामरुनी क्लब च्याम्पियन, दिप कार्की बने सर्बाेत्कृष्ट खेलाडी

पाेखरा | असार १३, २०७९

हेमजा गोल्डकपमा क्यामरुनी क्लब च्याम्पियन, दिप कार्की बने सर्बाेत्कृष्ट खेलाडी


कास्की :     हेम्जा युनाइटेडको आयोजनामा समपन्न छैटौं नेपाल आइस अन्र्तराष्ट्रिय हेमजा गोल्डकपमा पाहुना टोली क्यामरुनको एभिनियर क्लब च्याम्पियन बनेको छ ।

 

पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै उक्त क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्याे । एभिनियरको जीतमा आनिसेले खेलको छैटौं मिनेटमा साङले ९८ औं मिनेटमा र अतिरिक्त समयको १०६ औं मिनेटमा विल्लेले समान १/१ गोलको योगदान दिए । भने हेमजाको तर्फबाट ३५ औं मिनेटमा शुशिल राईले सान्त्वना गोल फर्काएका थिए । उपविजेता बनेको हेमजाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३ लाख रुपैयाँ प्राप्त ग¥यो । 

 

उक्त प्रतियोगिताबाट हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५० हजार रुपैयाँको साथमा ट्रफिबाट पुरस्कृत भए । यसैगरि हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्डका रुपमा पुरस्कृत भए ।

 

एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, सोही क्लबकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित हुदैं पुरस्कृत भए । भने प्रतियोगिताको उदीयमान खेलाडीका रुपमा हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले जनही २०/२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो । 

 

घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । 

 

गत असार ४ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड गरि कुल ८ टिमले प्रतिस्पर्धा गरेको थियो ।

पोखरा:   गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।   मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रं...

थप पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।   चितवनको इच्...

थप पढ्नुहोस्

पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

थप पढ्नुहोस्