पोखरामा राष्ट्र बैंकका पूर्व गर्भनर क्षेत्रीसँग रोटरी क्लब अफ गण्डकीकाे अन्तरक्रिया

पूर्व गर्भनर क्षेत्री भन्छन् –सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्र

पाेखरा | माघ ४, २०८०

पोखरामा राष्ट्र बैंकका पूर्व गर्भनर क्षेत्रीसँग रोटरी क्लब अफ गण्डकीकाे अन्तरक्रिया

पोखरा:   योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् । 

 

पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । 

 

अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले राजनीतिक खिचातानीकै कारण अलपत्रमा पर्ने गरेको बताए ।

 

‘राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भने, ‘जुन बेला बन्द हड्ताल हुन्थ्यो त्यो समयमा अर्थतन्त्रमा गति लिन सक्दैन भनेपछि सबै राजनीतिक दललाई चित्त बुझ्ने परियोजनालाई  राष्ट्रिय गौरवको योजनाको नाम दिइयो ।’

 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले रोजेका परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिने र प्राप्त बजेट तथा जनशक्ति दिँदा देशको अर्थतन्त्रले गति लिन सक्ने गरी योजना छनोट हुने गरेको उपाध्यक्ष क्षेत्रीले उल्लेख गरे । 

 

‘जुन बेला देशको अर्थतन्त्र चलायमान बनाउने गरी राष्ट्रिय गौरवको योजना छनोट हुन्थ्यो अहिले यसमा विकृति आएको छ, उनले भने, ‘सरकारको नेतृत्वमा जाने राजनीतिक दलको खिचातानीकै कारण राष्ट्रिय गौरवका योजना छनोट गर्दा अलपत्रमा पर्ने गरेका छन् ।’

 

उनले सरकारले उद्योगधन्दा स्थापना, कृषिमा लगान बढाउन नसक्दा युवाहरु विदेश जाने क्रम बढेको धारणा राखे ।

 

‘सरकारले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सकेको छैन । कृषिमा बजेट सिमित छुट्याउँछ, क्षेत्रीले भने, ‘उद्योगहरु सञ्चालन र स्थापनामा सरकारको ध्यान जान सकेन । कृषिमा लगानी बढेन, देशमा युवाहरु बेरोजगार भए त्यसैले रोजगारीका लागि दिनानुदिन विदेश भासिएका छन् ।’

 

उनले अन्तरक्रियाकै सवालमा सरकारले व्यवसायीहरुको मर्मलाई बुझेर नीति निर्माण गर्नुपर्नेसमेत धारणा व्यक्त गरेका थिए ।

 

 

रोटरी क्लब अफ गण्डकीले आफ्नो मासिक बैठकको क्रममा हरेक महिना विभिनन क्षेत्रको विज्ञ व्यक्तित्वसँग समय सान्दर्भिक विषयमा अन्तरक्रिया छलफल गर्दै आएको छ ।

 

अन्तरक्रिया कार्यक्रम  चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्