गण्डकीले आज हेल्प नेपालसँग प्रतिस्पर्धा गर्दै

पाेखरा | माघ ३, २०८०

गण्डकीले आज हेल्प नेपालसँग प्रतिस्पर्धा गर्दै

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज घरेलु टोलि गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्दै छ । 


उपाधि दावेदार दुवै टोलिमा ३/३ जना विदेशी खेलाडी रहेका छन् । उक्त खेल दिउँसो २:३० बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । समूह ‘बी’मा रहेको हेल्प नेपालले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


यस्तै पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले आमन्त्रित श्रीलंकाको आर्मीसँग १२:३० बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल एपिएफ क्बलसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा पराजित गरे मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ । समूह ‘बी’मा रहेको श्रीलंका आर्मी र एपिएफको ३/३ अङ्क रहेको छ भने, नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । 


यस्तै आज महिला तर्फ गतवर्षको उपाधि विजेता नेपाल एपिएफले घरेलु टोलि गण्डकी प्रदेशसँग बिहान ८:३० बजे प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा एपिएफ विजयी भए समूह ‘ए’को विजेताको बन्दै सेमिफाइनलमा प्रवेश गर्ने छ । यस समुहमा नेपाल पुलिस क्लब ४ अङ्कसहित शिर्षस्थानमा छ । 


यस्तै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबले हरियाणा टिम भारतसँग बिहान १०:३० बजे प्रतिस्पर्धा गर्दै छ । डायमण्ड समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । 


यस खेलमा भारतको हरियाणा टिम जित्नै पर्ने दवावमा रहेको छ । यस खेलमा डायमण्ड विजयी भए त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्नेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्