पोखरा १५ मा दोस्रो खेलकुद महोत्सव हुदैं

पाेखरा | पुस २८, २०८०

पोखरा १५ मा दोस्रो खेलकुद महोत्सव हुदैं

पोखरा:   आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ ।

 

पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हा े।

 

सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो ।

 

खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे । 

 

महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए ।

 

भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए । 

 

प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्