४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण

पाेखरा | पुस २१, २०८०

४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण

पोखरा:   इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए । 


खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्