पोखरा १ को व्यायाम अभियान: ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’

कम्तिमा ६ महिनासम्म चल्नेछ सामूहिक व्यायाम

पाेखरा | पुस १९, २०८०

पोखरा १ को व्यायाम अभियान: ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’

पोखरा:   पोखरा महानगरपालिका– वडा १ को खेलकुद विकास समितिले यही (२१ गते) शनिबारदेखि व्यायाम अभियान सुरु गर्ने भएको छ । 

 

वडाका सम्पूर्ण नागरिकहरुलाई स्वस्थ्य राख्न, शारीरिक व्यायाममा जागरुक बनाउने उद्देश्यसहित ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’ भन्ने नारासहित पोखरा–१ मा सामूहिक व्यायाम सुरु गरिने खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । 

 

उनका अनुसार सो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रिय माविको प्राङ्गणमा सञ्चालन हुने छ ।

 

‘विश्वव्यापी विकवित प्रविधि, सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तनले मानिसहरुको दैनिकीलाई व्यस्त बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यमा दिनानुदिन थपिदै गएको चुनौतीहरुलाई मध्यनजर गर्दै पोखरा–१ मा साप्ताहिक रुपमा शारीरिक व्यायाम सञ्चालन गर्दैछौं ।’

 

उनले वडावासीलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउने बताउदै हरेक शनिबार बिहान २ घण्टा शारीरिक व्यायाम कार्यक्रम सञ्चालन गर्न लागेको दोहोर्याए ।

 

उनका अनुसार उक्त २ घण्टाको समयावधिमा जुम्बा,  योगा र ध्यान हुनेछ ।

 

‘हामीहरुले पोखरा–१ का नागरिकहरुलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउन पनि प्रत्येक शनिबार शारीरिक व्यायाममा जोड्न लागेका हौं’, उनले भने, ‘हामीले शनिबार करिब २ घण्टा जुम्बा विज्ञ र योगा प्रशिक्षकबाट व्यायाम गराउने छौं ।’

 

अध्यक्ष गुरुङका अनुसार जुम्बाका लागि प्रशिक्षक तमन्ना गुरुङ  र योगातर्फ भगवती सुवेदीले नेतृत्व गर्नेछिन् । 

 

पोखरा–१ को खेलकुद विकास समितिले आयोजना गर्ने सो कार्यक्रममा वडाको बजेट नभई विभिन्न व्यवसायीहरुको सहयोगमा खर्च जुटाइएको वडाध्यक्ष साहारा प्रधानले बताए ।

 

उनले वडाका नागरिकहरुलाई स्वस्थ्य बनाउनका लागि अभियान नै सञ्चालन गरेको जानकारी दिए ।

 

कम्तिमा  ६ महिनामा २४ दिन चल्ने सो कार्यक्रममा करिब ३ सय देखि ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।


 

पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...

थप पढ्नुहोस्

झापा:     नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ ।   सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन...

थप पढ्नुहोस्