तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते
तनहुँ | पुस १९, २०८०

तनहुँ: म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४: ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् ।
तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...