करापुटार समाजको रक्तदानमा ५१ युनिट संकलन
पाेखरा | पुस १५, २०८०
पोखरा: ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
पोखरा अमरसिंहचोकमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुखमा साथ दिन खोलीएको संस्थाले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गर्नु प्रसंशनिय रहेको बताउनुभयो । उहाँले संस्थालाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधै साथ रहने बताउनुभयो ।
रक्तसंचार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका वडा नं। ७ का पुर्व वडाअध्यक्ष गगन घिमिरे, कुसुमाकर मावि करापुटारका प्रधानध्यापक ध्रुवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सहसचिव एवं रक्तदान कार्यक्रमका संयोजक प्रल्हाद चन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

