मर्दी बेस क्याम्प हिँडेका विदेशी पर्यटक सम्पर्कविहीन
पाेखरा | पुस १५, २०८०
तस्बिर फाइल
पोखरा: कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए ।
उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ ।
स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेको आधारमा व्यक्तिको पहिचान गरिएको उनले बताए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

