महिला भलिबलको उपाधि नव मालिकालाई

बाग्लुङ | पुस १४, २०८०

महिला भलिबलको उपाधि नव मालिकालाई

बागलुङ:    सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ ।


शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।


नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो । चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो ।


शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।

 

प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्