आज ललितपुर र पोखरा खेल्दै

काठमाडाैं | पुस १२, २०८०

आज ललितपुर र पोखरा खेल्दै

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।


आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो।


पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।


यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै,  उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्