पोखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा
काठमाडाैं | पुस १०, २०८०
पोखरा: पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ ।
आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो । धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १–१ गोल गर्दै खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।
यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ । काठमाडौं र ललितपुरबीचको खेल भोलि मङ्गलवार हुनेछ । यस्तै दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

