पोखरा र धनगढी फाइनल प्रवेशका लागि भिड्दै
काठमाडाैं | पुस ९, २०८०
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको आज हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल गर्न नसकेपछि धनगढीको दोस्रो स्थान पक्का भएको हो । पोखराले भने अन्तिम खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको थियो । धनगढी लगातार दोस्रो र पोखरा पहिलो पटक क्वालिफायरमा पुगेको हो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

