माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन

काठमाडाैं | पुस ८, २०८०

माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन

काठमाडौं:   २९ औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले उपाधि जितेको छ ।

 

नेपाल पुलिस स्कुल साँगामा सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइब«ेकरमा ३–० गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधि जितेको हो ।

 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

 

उपाधि जितेको भक्तपुरले नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ल्याबोरेटोरी स्कुल कीर्तिपुरले ४० हजार र तृतीय बनेको नेपाल पुलिस स्कुल साँगा ‘ए’ ले नगद रु ३० हजार र ट्रफि हात पार्याे ।

 

उक्त टोलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायतले पुरस्कार वितरणसहति बधाई व्यक्त गरेका थिए । 

 

गत मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको थियो ।  


 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्