माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन
काठमाडाैं | पुस ८, २०८०
काठमाडौं: २९ औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले उपाधि जितेको छ ।
नेपाल पुलिस स्कुल साँगामा सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइब«ेकरमा ३–० गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधि जितेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
उपाधि जितेको भक्तपुरले नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ल्याबोरेटोरी स्कुल कीर्तिपुरले ४० हजार र तृतीय बनेको नेपाल पुलिस स्कुल साँगा ‘ए’ ले नगद रु ३० हजार र ट्रफि हात पार्याे ।
उक्त टोलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायतले पुरस्कार वितरणसहति बधाई व्यक्त गरेका थिए ।
गत मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

